देउवालाई जसपाको काउन्टर : मधेश सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

देउवालाई जसपाको काउन्टर : मधेश सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्रीलाई पदबाट हटाएपछि जसपाबाट मुख्यमन्त्री बनेका राउतले ‘काउम्टर’स्वरुप कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेहरुमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव, महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा रहेका छन् ।

उनीहरुलाई हिजो साँझ नै मुख्यमन्त्री राउतले फोन गरेर राजीनामा दिन निर्देशन दिएका थिए । तर, उनीहरुले नमानेपछि आज बर्खास्त गरिएको हो । अब ती तिनै मन्त्रालय मुख्यमन्त्री राउतले सम्हाल्नेछन् ।

सत्ता गठबन्धनमा रहेर प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीलाई बिहीबार हटाएका थिए । त्यसैको बदला जसपाले मधेश प्रदेशबाट लिएको हो ।