लोसपा नेता जितेन्द्र सोनलले गरे मधेशको मुख्यमन्त्रीमा दाबी

लोसपा नेता जितेन्द्र सोनलले गरे मधेशको मुख्यमन्त्रीमा दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश सरकारको नयाँ नेतृत्वको लागि लोसपाका नेता जितेन्द्र प्रसाद सोनार (सोनल)ले दाबी पेश गरेका छन्।

मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीसमक्ष नेता सोनलले दाबी पेश गरेका हुन्।

५ दल सम्मिलित सरकार गठनका लागि प्रदेश प्रमुख भण्डारीसमक्ष दाबी पेश गरिएको जसपा नेपालका प्रवक्ता तथा सांसद मनिष कुमार सुमनले जानकारी दिए । लोसपा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सम्मिलित गठबन्धन सरकार बन्ने भएको हो ।

यसअघि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (एमाले) र जनमत पार्टी सम्मिलित सरकार गठनको दाबी पेश गरिए पनि अहिले समीकरण टुटेर नयाँ समीकरण तयार भएको छ ।

नयाँ सरकार गठनका लागि जसपा १९, जनमत १३, माओवादी केन्द्र ९, लोसपा नेपाल ८ र एकीकृत समाजवादी पार्टीको ७ सांसदसहित सरकार गठनको तयारी गरेको छ।

१०७ सदस्यीय प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक छ। यस आधारमा पाँच दल मिलाएर ५७ सिट पुग्छ। जसमध्ये लोसपाका एक जना सांसद निलम्बित छन्। जस अनुसार यी पाँच दलीय समीकरणको ५६ सिट पुग्छ। जुन सरकार बनाउन सहज बहुमत हो।

मधेस प्रदेश सभामा एमालेको २५, कांग्रेसको २२ सिट, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ।