मधेशमा तनाव कायमै, सत्तापक्ष र विपक्ष दुवै सडकमा, सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल हुँदै

मधेशमा तनाव कायमै, सत्तापक्ष र विपक्ष दुवै सडकमा, सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात राजनीतिक दलले विरोध जारी राखेका छन् ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, प्रदेश प्रदेश केन्द्र सरकारबाट पदमुक्ति, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा र सडकमा दशौँ दिनको आन्दोलन चलिरहँदा सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डललाई अविश्वासको प्रस्ताव दर्तासँग उपसभामुख बबिता राउत इसरले प्रदेश सभा बैठक आह्वान गरेकी छन् ।

सभामुख मण्डलले एमालेको निर्देशनमा सभा सञ्चालन गरेको भन्दै सात दलले गत कात्तिक २७ गते मधेश प्रदेशसभामा ६४ सांसदको समर्थनमा उनीविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।

सभामुखविरुद्ध पदअनुकूल आचरणको प्रस्ताव दर्ता भएपछि एक साताभित्र प्रदेशसभामा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था अनुसार उपसभामुख इसरकी निर्देशनमा बैठक बोलाइएको हो।

दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा सहभागिताका लागि प्रदेशसभा सचिवालयले सांसदलाई एसएमएसमार्फत सूचना पठाएको छ।

मंगलबार सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले प्रदेशसभा बैठक बोलाउन उपसभामुख इसरलाई ज्ञापनपत्र बुझाएका थिए। सभामुख पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता भएपछि छलफल हुने र दुई तिहाइ सांसदको समर्थनमा पारित हुने कानुनी व्यवस्था रहेको छ।

मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहेको छ। जसमा तीन जना सांसद निलम्बित छन्। हाल १०४ सदस्य कायम रहेको छ।

दुई तिहाइका लागि ७१ सांसदको आवश्यकता छ। सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ७४ सांसद रहेका छन्।