मधेस प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

मधेस प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संंविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि बुधबार अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन् ।

केही दिन पहिला मात्र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जनमत र एमाले संगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन् ।

बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन् ।