मधेसमा जनमतले सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने

मधेसमा जनमतले सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशमा जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सचिव विपी साहे जानकारी दिए ।

सत्ता गठबन्धनले मधेशमा सरकारको नेतृत्व जनमतलाई दिने सहमति बनिसकेको छ । एमाले, माओवादी केन्द्रले जनमतलाई सरकारको नेतृत्व दिने सहमति यसअघि गरिसकेका छन् ।

सतिश सिंह सप्तरी क्षेत्र नं‍ २ (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी भए पनि अन्तिम समयमा सिंहलाई उम्मेदवार बनाउने निर्णय सचिवालय बैठकले गरेको हो ।

आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने सचिव साहले जानकारी दिए ।