मधेश प्रदेश सभामा एमालेको विरोधपछि स्थगित


जनकपुरधाम – मधेश प्रदेशसभा बैठक नेकपा एमाले सांसदको विरोधपछि स्थगित भएको छ ।

एमाले सांसदले विकास निर्माणको काममा उपभोक्ता समिति गठन गर्दा निर्वाचित जनप्रतिनिधिको रोहबरमा हुने सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सरकारबाट विनियोजित बजेट सञ्चालन गर्न कार्यविधि बनाए पनि मुख्यमन्त्रीले दलका नेताहरूसँग गरेको सहमति नमानेको भन्दै सांसदले विरोध गरेका छन् ।

एमाले मधेश प्रदेशसभा दलका उपनेता दिपेन्द्र ठाकुरले सहमति भएको महिनौ बितिसक्दा समेत मुख्यमन्त्रीले कुनै चासो नदेखाएकाले बैठक अवरुद्ध गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement