काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
बिहीबार २ मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
बिहीबार बसन्तकुमार कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री र सञ्जयकुमार यादवलाई वन तथा वातावरणमन्त्री नियुक्त गरिएको छ । कुशवाहा र यादवलाई बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मिया र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई जनमत पार्टीले फिर्ता बोलाएपछि रिक्त स्थानमा कुशवाहा र यादव नियुक्त भएका छन् ।




प्रतिक्रिया