मधेशका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिँदै, लोसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मधेशका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिँदै, लोसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने पूर्वसन्ध्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले अब भोलि मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।

यसअघि नै नेपाली कांग्रेस र नेकपा एमालेले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा कांग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ ।