मधेशको नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

मधेशको नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई २४ घण्टाभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको आधारमा नयाँ मुख्यमन्त्री नियुक्त गर्नका लागि दलहरूलाई बुधबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलका समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने सदस्यले निर्धारित समयभित्र सरकार गठनको दाबी पेश गर्न सक्नेछन् ।’

प्रदेशमा अघिल्लो सरकारले बहुमत गुमाएपछि नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु गरिएको छ । अब दलहरूबीच सहमति नजुटेमा अर्को चरणमा ठूलो दलको नेतृत्वमा वैकल्पिक प्रक्रिया अघि बढाइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यस्तो छ आह्वान