मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुख भण्डारी पदमुक्त, कर्ण सिफारिस

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुख भण्डारी पदमुक्त, कर्ण सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद चर्किएका बेला सरकारले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेका सांसद सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री नियुक्त गरेको भन्दै आलोचना भइरहेको छ ।