जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेशकी सांसद कञ्चन विच्छाको पद गएको छ ।
मधेश प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।
नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए पनि उनले मानिनन् ।
उनको यही अटेरीका कारण राप्रपाले मंसिर १२ गते प्रदेशसभामा पत्र पठाउँदै विच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न अनुरोध गरेको थियो । राप्रपाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार सांसदबाट हटाइदिन माग गरेको थियो ।
सोही अनुरोधका आधारमा प्रदेशसभा सचिवालयले कार्यसञ्चालन नियमावली २०७५ का नियम १९० र १९१ बमोजिम जानकारी गराउँदै औपचारिक सूचना प्रकाशित गरेको छ ।





प्रतिक्रिया