काठमाण्डु – मधेश प्रदेश सरकारले आगामी आईतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार सूचना जारी गर्दै आगामी आईतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए ।
प्रदेश मन्त्रिपरिषद्को गत मंसिर १६ गतेको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ ।
मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने समुदायको सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।




प्रतिक्रिया