मधेशका मुख्यमन्त्री यादवद्वारा १०० दिनका ५१ कामहरू सार्वजनिक

मधेशका मुख्यमन्त्री यादवद्वारा १०० दिनका ५१ कामहरू सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरूबारे जानकारी गराएका छन् ।

मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरूबारे जानकारी गराएका छन् ।

उनले मुख्यत: बितेको १०० दिनमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरूबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थ सम्बन्धी कुल ५१ वटा मुख्य कामहरू अगाडि बढाइएको छ ।

मुख्यमन्त्री यादवका अनुसार यी ५१ वटा कामहरूमध्ये पनि प्रदेश सरकारले गरेको सबैभन्दा उल्लेख्य कामहरूमा जनकपरधामस्थित प्रादेशिक अस्पतालमा बिरामीहरूलाई पुर्जा कटाउनका निम्ति घरबाटै मोबाइलको प्रयोग गरेर काट्न मिल्ने व्यवस्था अगाडि बढाइएको छ ।

किसानहरूका लागि मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागू हुने गरी पुन: पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको मुख्यमन्त्री यादवले जानकारी दिए । जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका निम्ति प्रदेश सरकारले आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अगाडि बढाएको मुख्यमन्त्री यादवले बताए ।

जनकपुरधाममा राम जानकी रंगशाला निर्माणका निम्ति बाँकी रहेको प्रक्रियाहरू अगाडि बढाइएको मुख्यमन्त्री यादवले जानकारी दिए । मुख्यमन्त्री यादवका अनुसार मधेश प्रदेशमा ई–रिक्सा र ट्रयाक्टर चलाएर जीविकोपार्जन गर्नेहरूका निम्ति प्रदेश सरकारले मात्र प्रयोगात्मक परीक्षाको माध्यमबाट लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ । १ निर्वाचन क्षेत्र ५ किलोमिटर सडक निर्माण योजनाअन्तर्गत पहिलो चरणको सबै काम सकेर अर्को चरणको थाल्ने गरी सरकारले आवश्यक सबै तयारी पूरा गरिसकेको मुख्यमन्त्री यादवले जानकारी दिए ।

मुख्यमन्त्री यादवले गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्यनजर गर्दै अहिलेदेखि नै विज्ञहरूसँग छलफल गरेर समाधानका उपाय खोज्ने कार्य भइरहेको छ ।