काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने बताएका छन् । सोमबार काठमाण्डुको जाेरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले मधेशमा अरु पार्टीले नभइ माओवादीले कब्जा जमाउने बताएका हुन् ।
उनले भने, ‘ आज तपाईँहरूको पार्टी प्रवेशले के शक्तिशाली सन्देश दिएको छ भने अब मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउँदैछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’
त्यसैगरी प्रचण्डले माओवादी देशकै पहिलो पार्टी नबनेसम्म देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गरेका छन् । उनले अगाडि भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन, दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’




प्रतिक्रिया