मधेस प्रदेशसभाको बैठकः दुई मिनेट बसेर स्थगित

मधेस प्रदेशसभाको बैठकः दुई मिनेट बसेर स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर भोलिसम्मका लागि स्थगित भएको हो ।

बैठकमा गणपुरक संख्या नपुगेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेको थियो ।

प्रदेशसभामा नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका थिए । उनले मन्त्रीहरुले आफ्नो कामको नाममा व्यस्त रहेको भन्नु प्रदेशसभा बैठकलाई बेवास्ता गर्नु रहेको बताएका थिए ।