अर्थमन्त्री शर्मा सिंहदरवारमा, अर्थसचिव मरासिनी लागे पोखरा

अर्थमन्त्री शर्मा सिंहदरवारमा, अर्थसचिव मरासिनी लागे पोखरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । अर्थमन्त्रीमा नियुक्त भएपछि शर्मा सिंहदरवार पुगेका छन् ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शर्मा आज २५ दिनपछि अर्थमन्त्रालय फर्केका हुन् । अर्थमन्त्री शर्मा मन्त्रालय फर्केपछि अर्थसचिव मधु मरासिनी भने पोखरा पुगेका छन् । अर्थसचीव मरासिनी शनिबार नै पोखरा पुगेका हुन् । उनी एक कार्यक्रममा सहभागि हुन पोखरा गएका जनाइएको छ ।

शर्माको अर्थसचिव मधु मरासिनीसंग त्यति सुमधुर सम्बन्ध छैन् । शर्माले मरासिनीको कार्यशैलीप्रति तिव्र असन्तुष्ट जनाएका छन् । उनले आफुमाथि आरोप लागेको बेला विदा बसेर मरासिनीले असहयोग गरेको बताउंदै आएका छन् ।