अर्थमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव मरासिनी

अर्थमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव मरासिनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन् ।बुधबार शर्माले राजीनामा दिएपछि सचिव मरासिनी बिहीबार मन्त्रालय फर्किएका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सामेल गराएको विषयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि मरासिनीले प्रधानमन्त्री निवास पुगेर स्वास्थ्य समस्या देखाउँदै अनिश्चितकालका लागि विदा बस्ने जानकारी गराएका थिए । तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका हुन्।