मध्यपहाडी लोकमार्गमा पहिरोले पुरिएर सबओभरसियर राईको मृत्यु

मध्यपहाडी लोकमार्गमा पहिरोले पुरिएर सबओभरसियर राईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । मध्यपहाडी लोकमार्ग आयोजनामा गएको पहिरोले पुरिएर एक सबओभरसियरको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा पर्वत खण्ड अन्तर्गत कुश्मा नगरपालिका ७ खरेयामा सुख्खा पहिरो जाँदा मोरङको बेलबारी नगरपालिका–२ का २७ वर्षिय कमल राईको मृत्यु भएको हो ।

राई उनी मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन् । बिहान १० बजे बाटो नापजाँच गरिरहेको बेला माथिबाट ढिस्को सहित आएको पहिरोले राईलाई पुरेको प्रहरीले जनाएको छ ।