काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट करिब १० हजार ९ सय लिटर अवैध मदिरा नष्ट गरेको छ ।
प्रहरीले बुढानिलकण्ठ नगरपालिका तथा गोकर्णेश्वर नगरपालिका त्रिवेणीचोक लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको करिब १० हजार ९ सय लिटर अवैध मदिरा आइतबार दिउँसो नष्ट गरेको हो । उक्त मदिरा स्थानिय बासिन्दा, वडा प्रतिनिधि र संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको हो ।
महानगरीय प्रहरी वृत्त वौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा जाँच गर्ने क्रममा घरेलु तयारी मदिरा करिब २ हजार ४ सय लिटर, कच्चा पदार्थ करिब ८ हजार ५ सय लिटर तथा अबैध मदिरा बनाउन प्रयोग गरिने ड्रम ४० थान र भाडाहरु २० थान फेला पारी नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया