मेगा बैंकको नाफा २ अर्ब ३० करोड पुग्यो

मेगा बैंकको नाफा २ अर्ब ३० करोड पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेगा बैंकले एक बर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद मूनाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष २०७७/७८ मा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको हो ।

अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ५८ करोड रुपैयाँ मात्रै कमाएको थियो । बैंकको १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८२ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडा कोषको आकार ३०.७६ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३०.१४ प्रतिशतले बढेको छ ।