काठमाण्डु-सरकारले विभिन्न देशका महावाणिज्यदूतमा चार सहसचिवहरूलाई पठाउने निर्णय गरेको छ ।
विभिन्न मन्त्रालयमा कार्यरत ती सहसचिवहरूलाई महावाणिज्यदूतमा नियुक्त गर्न परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिव आचार्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त) का लेखक र गृह मन्त्रालयकै सहसचिव खनाललाई रिक्त महावाणिज्य कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासा पठाइने छ ।




प्रतिक्रिया