यस्तो छ ‘महाभोज’को पोस्टर

यस्तो छ ‘महाभोज’को पोस्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चलचित्र महाभोजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा रिलिज गरिएको पोस्टरमा महाभोजका प्रमुख तीन पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।

पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक संघर्षको चित्रण गरेको छ । पात्रहरूको अनुहारको भावले चिलचित्रमा हुने द्वन्द्व, द्वैध मानसिकता र संघर्षको संकेत गर्छ ।

दिनेश राउतले निर्देशन गरेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

‘महाभोज सहकारीपीडितहरूको कथामा बनेको सिनेमा हो ।