नदी छेउका वासिन्दालाई स्कूल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

नदी छेउका वासिन्दालाई स्कूल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने वासिन्दालाई स्कूल कलेजमा राख्न अनुरोध गरेका छन् ।

अविरल वर्षाका कारण नदी क्षेत्रका वासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोबास गर्ने वासिन्दालाई स्कूल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।

‘बागमती नदी वरिपरिका स्कूल कलेजहरूलाई अनुरोध – बागमती नदी छेउछाउमा बसोबास गर्ने वासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकाले उनीहरूलाई बाढी नघटुञ्जेलसम्म बस्न अस्थायी व्यवस्था गर्नुपर्ने भएकाले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराइदिन विनम्र अनुरोध छ,’ उनले सामाजिक सञ्जालमार्फत अनुरोध गर्दै भनेका छन्, ‘यसका लागि गृहमन्त्रीज्यूको अनुरोधमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’