काठमाण्डु– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न पुनले आज पदबाट राजीनामा दिएका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन्।




प्रतिक्रिया