एक्लो माननीय भनेर हेला नगरियोस्, मलाई बच्चा बच्चाले चिन्छन् : महावीर पुन

एक्लो माननीय भनेर हेला नगरियोस्, मलाई बच्चा बच्चाले चिन्छन् : महावीर पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वतन्त्र सांसद महावीर पुनले आफूलाई एक्लो सांसद भनेर हेला नगर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा धारणा राख्ने क्रममा ५ मिनेट मात्र समय पाएपछि उनले आफूलाई तोकिएको समय मान्य नहुने बताए ।

‘म एक्लो माननीय भनेर हेला नगरियोस् । किनभने अरुले १०–१५ मिनेट २० मिनेट ३० मिनेट पाउँदाखेरि मलाई चाहिँ ५ मिनेट मात्र नदिइयोस् । म एक्लो छैन । तपाईंहरूको कुनै पनि पार्टीको सदस्यभन्दा मेरा समर्थक धेरै छन् । साँच्चिकै पत्याउनुहुन्न भने जनमत लिनुस्,’ उनले भने, ‘म एक्लो छैन, मेरो साथमा सारा नेपाली छन् । बच्चा बच्चाले चिन्छन् । टोलटोलमा चिन्छन । त्यस कारणले ५ मिनेट मलाई स्वीकार्य छैन ।’