काठमाण्डु– स्वतन्त्र सांसद् महावीर पुनको सरकारमा ‘इन्ट्री’ सँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपिरषद् १६ सदस्यीय भएको छ ।
शाहले मंगलबार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गरेका हुन् । पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।
पुनकै मागअनुसार मन्त्रिपरिषद् बैठकले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै गत ३० वैशाखमा उक्त मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो ।
पुनले वर्तमान सरकारले पनि नवप्रतर्वनलाई उपेक्षा गरेको भन्दै प्रतिनिधिसभामा सरकारको आलोचनासमेत गरेका थिए ।
एक मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । संविधानले प्रधानमन्त्रीसहित बढीमा २६ सदस्यीय मन्त्रिपरिषदको कल्पना गरे पनि प्रधानमन्त्री शाहले सुशासनको लागि भन्दै यसअघि मन्त्रिपरिषद् १५ सदस्यीयमा सीमित राखेका थिए ।




प्रतिक्रिया