सरकार बनेको ३ महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्, मैले पूर्ण सहयोग गर्नेछु : महावीर पुन

सरकार बनेको ३ महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्, मैले पूर्ण सहयोग गर्नेछु : महावीर पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वशिक्षामन्त्री तथा सांसद महावीर पुनले आगामी सरकारलाई भ्रष्टाचार र कुशासन हटाउन सहयोग गर्ने बताएका छन् ।

पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठुलो धोका हुने बताएका हुन् ।

उनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् ।

‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ,’ उनले लेखेका छन्, ‘नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ । तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’