महावीर पुनले बनाए कोरोना संक्रमित बोक्ने ‘बाकस’

महावीर पुनले बनाए कोरोना संक्रमित बोक्ने ‘बाकस’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका संक्रमित बोक्ने बाकस निर्माण गरेको छ । महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले सुरक्षित तबरले एक ठाउँबाट अर्काे ठाउँसम्म लैजान मिल्ने बाकस तयार निर्माण गरेको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै रोकथाममा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको महावीर पुन नेतृत्वको केन्द्रले यसअघि मास्क, पीपीई, स्वाब संकलन गर्ने सुइरो, स्वाब संकलन बुथ लगायतका सामग्री बनाइसकेको छ ।

केन्द्रले यसपटक तयार पारेको बाकस कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान, एम्बुलेन्समा राख्न र अरुलाई संक्रमण जोखिम कम गर्न मद्दत गर्ने जनाएको छ ।

बाकस भित्र अक्सिजन टुटाउन नमिल्ने बिरामीलाई मध्यनजर गर्दै सिलिन्डर जडान गर्न मिल्ने ठाउँ पनि बनाइएको छ । बाकसमा भित्र रहेको बिरामीलाई स्वास प्रश्वासमा कुनै समस्या नहोस भनेर ‘एचइपीए फिल्टर’ जडान समेत गरिएको केन्द्रले जनाएको छ ।