भोलिसम्म समस्या समाधान गर्ने निर्णय भएको छ : महावीर पुन


काठमाण्डु – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ । आइतबार सिंहदरबारमा उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले वार्ता सकारात्मक भएको बताएका हुन् ।

‘हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’ पुनले भने ।

पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । सरकारले नवप्रवर्तन, अनुसन्धान र आविष्कारलाई महत्व नदिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement