नदीमा बेपत्ता जयसिंह धामीबारे अझै बोलेन सरकार, न्यायको पर्खाइमा परिवार

नदीमा बेपत्ता जयसिंह धामीबारे अझै बोलेन सरकार, न्यायको पर्खाइमा परिवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गत साउन १५ गते  दार्चुलास्थित महाकाली नदीमा  तुइनबाट  खसेर जयसिंह धामी वेपत्ता भएको प्रकरणको छानबिन प्रभावित बनेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैनै । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा दश दिनमा प्रतिवेदन तयार पार्ने गरी ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

साउन २५ गते समितिले प्रतिवेदन तयार पार्नका लागि थप एक साता मागेको थियो त्यसपछि दोस्रोपटक थपिएको म्याद भदौ ७ गते पूरा भइसकेको छ ।
तर उक्त छानबिन समिति निष्कर्षमा पुग्न सकेको छैन् ।

नेपाल सरकार मौन

घटना भएको २५ दिन बित्यो तर नेपाल सरकारले यस विषयमा केही पनि बोलेको छैन । सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदा समेत आधिकारिक धारणा सार्वजनिक नगर्नुको कारण छानबिन समिति निष्कर्षमा पुग्न ढिलाइ हुनुतर्फ देखाइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतिवेदन नआएसम्म सरकारले हचुवामा बोल्न नमिल्ने तर्क राखेका छन् ।

न्यायको पर्खाइमा परिवार

जयसिंह धामीको परिवार भने न्यायको पर्खाइमा रहेको बताउँछन्। वृद्ध आमाबुवा र श्रीमती शोककै कारण खान, हिँडडुल गर्न र मानिसहरूसँग बोल्न नसक्ने स्थितिमा रहेको उनका भाइ नरेन्द्र धामी बताउँछन् ।

जयसिंह धामीकी पत्नी

दुई सन्तानलाई भने बुवालाई के भयो भन्नेसमेत पत्तो नभएको उनी सुनाउँछन् । आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप केही रकम पाएको भए पनि त्योभन्दा महत्त्वपूर्ण न्याय नै भएको उनले बताएका छन् ।