महाकालीकाे टापुमा फसेका पाँच जनाको उद्धारका लागि हेलिकोप्टर मगाइयाे

महाकालीकाे टापुमा फसेका पाँच जनाको उद्धारका लागि हेलिकोप्टर मगाइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बिचमा बनेको टापुमा पाँच जना फसेका छन् ।

कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँचजना फसेका हुन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शिद्धराज न्यौपानेले बताए ।

अबिरल वर्षापछि पानीको सतह बढ्दा टापु घेरिएर पाँचजना फसेको प्रहरीले जनाएको छ । उनीहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ ।