महाकाली नदीमा पानीको बहाब बढ्यो : तटीय क्षेत्रका बस्ती डुबानमा

महाकाली नदीमा पानीको बहाब बढ्यो : तटीय क्षेत्रका बस्ती डुबानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कन्चनपुर – आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानाकारी दिए ।

यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ । प्रबक्ता न्यौपानेका अनुसार रिङरोडको केही अंश कटान भएको छ ।

यसैगरी, महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ । पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए । बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन् ।