दार्चुला – महाकाली नदीमा एक जना महिलाले हाम फालेकी छन् । आइतबार मध्यान्ह जिल्लाको महाकाली-७ की स्थायी बासिन्दा रहेकी अन्दाजी ३२/३३ वर्षीया कुश्मा थापा महाकाली नदीमा हामफालेर बेपत्ता भएकी हुन् ।
महाकाली नदी किनाराको थारीगाढ भन्ने ठाउँबाट हाम फालेको सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए । उनको खोजी कार्य जारी रहेको छ ।
बेपत्ता महिलाको खोजीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ । घरायसी विवादका कारण उनी नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
उनका श्रीमानले दोस्रो विवाह गरेका थिए । प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको छ ।





प्रतिक्रिया