काठमाण्डु– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला नजिकैको महाकाली नदीमा आइतबार बेलुकी नुहाउने क्रममा हराएका दुई बालिका अझै फेला परेका छैनन्।
डुबेका बालिकाहरू सात वर्षीया सान्वी पन्त र छ वर्षीया जीविका पन्त एकै परिवारका सदस्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनापछि आइतबार साँझ नै खोजतलास सुरु भए पनि परिणाम नआएपछि सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले पुनः खोजी कार्य जारी राखेका छन्।
“हामीले आइतबार साँझ अबेरसम्म खोज्यौं, तर पत्ता लागेन। आज बिहानदेखि फेरि प्रयास भइरहेको छ,” प्रहरी नायब उपरीक्षक सागर बोहराले भने। उनका अनुसार महाकाली नदीमा पानीको तीव्र बहावका कारण खोजीमा कठिनाइ भइरहेको छ।




प्रतिक्रिया