महालक्ष्मी बैंकको सात करोड हिनामिना, तीन जना ऋणी पक्राउ


काठमाण्डु – महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको छ ।

ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह गरेको पाइएपछि अनुसन्धानका लागि तीन जना ऋणीलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले बताएको छ ।

अनियमितता प्रकरणमा जोडिएका एक दर्जन जनाविरूद्ध जाहेरी रहेको उनले बताए । सिआइबीले यस विषयमा थप अनुसन्धान थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement