महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– महालक्ष्मी विकास बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मा कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । साउन २ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा शर्मालाई नियुक्त गरिएको हो ।

बैंकको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरिय सेवा प्रदान गर्न आफू सधैँ तयार रहने प्रतिवद्धता जनाए ।

शर्माले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह पनि गरे ।