सुकुम्बासी बस्तीमा चल्यो महानगरको डोजर (फोटोफिचर)

सुकुम्बासी बस्तीमा चल्यो महानगरको डोजर (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू भत्काएको छ । घर भत्काउने क्रममा महानगरको नगरप्रहरी टोली र सुकुम्बासीबीच झडप पनि भएको छ ।

नगर प्रहरीको टोली मनोहरा खोला किनारमा बनेका सुकुम्बासीहरूको घर–टहरा भत्काउन डोजरसहित पुगेको थियो ।

बस्तीमा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको टोलीले डोजर चलाएपछि ढुंगामुढाभएको हो । अवैधानिक रुपमा बनेका घरटहरा महानगरले भत्काएको हो ।

वर्षायामको बेलामा नभत्काउन अनुरोध गर्दा नगरप्रहरीले नमानेको सुकुमबासीहरूको गुनासो छ ।