काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको घटनामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाका उपसभापति महानन्द जैशी धरौटी बुझाएर रिहा भएका छन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपातको घटनामा पक्राउ परेका जैशीसँग जिल्ला अदालत काठमाण्डुले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा गरिएको छ ।
गत माघ २ गते सहकारी ठगीको मुद्दामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध बहस गरेर फर्किंदा अदालतबाहिर त्रिपाठीमाथि आक्रमण भएको थियो । जैसीसहित आक्रमणको आरोपमा पक्राउ परेका ३ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाण्डुमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ । जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई १–१ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।




प्रतिक्रिया