निर्वाचन आयोगको निर्णयपछि महन्थ ठाकुर पक्षको बैठक बस्दै


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले बैठक बस्ने भएको छ । आइतबार निर्वाचन आयोगले जसपाको ठाकुर र उपेन्द्र यादव पक्षले गरेको कराबाहीलाई आधिकारिक मान्यता दिन अस्वीकार गरेपछि ठाकुर पक्षले बैठक बोलाएको हो ।

आयोगको निर्णयपछि अध्यक्ष ठाकुर–राजेन्द्र महतो पक्षले दिउँसो साढे १ बजेपछि बस्ने गरि बैठक बोलाइएको छ । बैठकमा पार्टीभित्र देखा परेको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

उपेन्द्र यादव पक्षले कारबाही गरेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । अध्यक्ष यादवले ठाकुर र राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको थियो । तर, निर्वाचन आयोगले उक्त निष्काशन अस्वीकार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement