काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले सरकारमा सहभागी भएपनि आफुले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।
आज मधेश संवाद समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ठाकुरले राज्य मधेश तथा थरूहटका समस्याप्रति गम्भीर नरहेको भन्दै सरकारमा सहभागी भएपनि आफुले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् ।
‘हामीले अहिले पनि निरन्तर थाहरुहटका आवाज उठाइरहेका छौं । तर राज्य त्यस्ता समस्याप्रति गम्भीर छैन,’ उनले भने ।थाहरुहटको माग पुरा नभए पीडित समुदाय सडकमा आउन सक्ने ठाकुरको भनाई थियो । नागरिकताको समस्या मधेशको मात्र नभएर पुरै देशको समस्या रहेको बताए ।
‘नागरिकता हाम्रो माग पनि थियो, प्रतिनिधिसभाले गर्न सकेन भने अध्यादेशबाट भएपनि समस्या समाधान गर्नुपर्छ भन्ने, र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो,’ उनले भने, ‘त्यसलाई अदालतले कार्यान्वयन नगर्न भनेपनि सो समस्या मानवअधिकारसँग सम्बन्धित रहेकाले समाधान सोही अनुसार गर्नुपर्छ ।’




प्रतिक्रिया