काठमाण्डु – प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसदहरुले सनाखत गरेका छन् । नयाँ पार्टी गठन प्रकियाका लागि निर्वाचन आयोगले बोलाएपछि नेता महन्थ ठाकुरको पक्षमा १४ जना सांसदहरुले सनाखत गरेका हुन् ।
त्यस्तै कार्यकारिणी समितिमा १७ जनाको सनाखत भएको नेता राजेन्द्र महतोले जानकारी दिए । लोसपा दर्ताका लागि यो सङ्ख्या कार्यकारिणी सदस्यको ३३ प्रतिशत र सांसदको ३८ प्रतिशत हो ।
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगको फैसलाबाट छुट्टिएको महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि निवेदन दिएको थियो ।
निवेदनअनुसार आयोगले उक्त समूहलाई बुधबार सनाखतका लागि बोलाएको थियो ।




प्रतिक्रिया