संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउन महन्थ ठाकुरको निर्देशन

संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउन महन्थ ठाकुरको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन निर्देशन दिएका छन् । आज एक सर्कुलर जारी गर्दै ठाकुरले असोज ३ अर्थात संविधान दिवसलाई ‘कालो दिन’ को रुपमा मनाउन सबै जिल्ला संयोजकहरुलाई निर्देशन दिएका हुन् ।

‘संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरु गर्दै आएका छौं । त्यस दौरान कयौं वीर सपुतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन,’ ठाकुरद्धारा जारी सर्कुलरमा भनिएको छ, ‘यस वर्ष पनि असोज ३ गते आ–आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड– १९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगाष्ठी, व्याक आउट जस्ता कार्यक्रमहरु गरी कालो दिवस मनाउन सबै जिल्लाहरुलाई आग्रह गर्दछौं ।’