प्रधानमन्त्रीलाई महन्थ ठाकुरले दिए धन्यवाद

प्रधानमन्त्रीलाई महन्थ ठाकुरले दिए धन्यवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरु तटस्थ रहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष वा विपक्षमा मतदान नगर्ने बताएका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले आफूहरु लोकतन्त्रमा पनि पीडित रहेको भन्दै तटस्थ बस्ने बताए ।

उनले भने, ‘संसदमा हामी पक्षमा पनि छैनौं र विपक्षमा पनि छैनौँ, किनकि लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौँ ।’

उनले पार्टीका नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले छुटाएकोमा धन्यवाद दिएका छन् । अध्यक्ष ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सुने पनि प्रधानमन्त्री ओलीले पीडा बुझेको भन्दै धन्यवाद दिए ।

‘गम्भीर त्रुटि संविधान देखिएको छ । हामी संविधान संशोधनको माग गर्छौ । ओली प्रचण्ड र देउवाले माग सुन्नुहुन्छ । प्रमलाई धन्यवाद दिन्छु प्रमले हाम्रो कुरा सुनेर पीडा बुझ्नुभएको छ’, उनले भने ।