प्रधानमन्त्री बन्ने विषयमा महन्थको जवाफ : मेरो आकांक्षा छैन

प्रधानमन्त्री बन्ने विषयमा महन्थको जवाफ : मेरो आकांक्षा छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा आफू निकट सांसदहरुको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष ठाकुरले उपेन्द्र यादवसँग पनि छलफल गरेर राजनीतिक निकास दिने बताए ।

उपेन्द्र यादवले प्रधानमन्त्रीमा अघि सार्ने प्रस्ताव गरेको विषयमा अध्यक्ष ठाकुर आफ्नो कुने इच्छा नरहेको स्पष्ट पारेका छन् । यादवले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महन्थलाई प्रधानमनत्री बनाउने प्रस्ताव गरेका थिए ।

‘हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ’, उनले भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’

त्यस्तै अध्यक्ष ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारले आफुहरुका माग पूरा गरेको बताएका छन् । उनले अदालतमा विचाराधीन मुद्दाहरुका विषय छलफल भइरहेको जानकारी दिए ।