काठमाण्डु – निर्वाचन आयोगले विभाजित दलको पक्षमा सनाखत गर्न दिएको समयसीमा सकिएको छ । आयोगले आज मंगलबारसम्मका लागि सनाखतको समय तोकेको थियो । लोसपाले आफ्ना पक्षमा सनाखत गर्नेहरुको विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको लोसपाको पक्षमा केन्द्रीय कार्यकारिणी सदस्य १७ जना र रेशम चौधरीसहित संघीय सांसद १५ जनाले सनाखत गरेको पार्टी प्रवक्ता सन्तोष मेहतले जानकारी दिएका छन्। त्यस्तै प्रदेशतर्फ प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूरपश्चिममा एक जनाले लोसपामा सनाखत गरेका छन् ।
स्थानीय तहतर्फ सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७ (केही थपघट हुन सक्ने), रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रूपन्देहीमा २० र कपिलवस्तुमा एक जनाले लोसपामा सनाखत गरेका छन् ।




प्रतिक्रिया