काठमाण्डु – प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु दर्ता प्रक्रियाका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् ।
जनता समाजवादी पार्टी ९जसपा० फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएका पार्टीका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु आयोग पुगेका हुन् । आफूहरुसँग १५ जना संघीय सांसदहरु रहेको प्रस्तावित लोसपाको दाबी छ ।
पुरानो कार्यकारिणी समितिबाट ३१ जना र रेशम चौधरीको नाम सनाखत गरिने नेता राजेन्द्र महतोले जानकारी दिए । प्रस्तावित दल लोकतान्त्रिक समाजवादीका सांसद र केन्द्रीय सदस्यहरुको सनाखत आज हुँदैछ । निर्वाचन आयोगले उनीहरूलाई सनाखतका लागि सशरीर भौतिकरूपमा आयोगमा साढे ११ बजेदेखि २ बजेसम्म उपस्थित हुन भनेको थियो ।
सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै महन्थ ठाकुरले औपचारिकरूपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए । सोही प्रयोजनका लागि उनीहरु आयोग पुगेका हुन् ।




प्रतिक्रिया