काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमाले पहिले भन्दा थप बलियो बनोस भन्ने शुभकामना दिएका छन् । शुक्रबार नेकपा एमालेको १० औँ महाधिवेशन उद्धाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले एमाले आगामी दिनमा एमाले झन बलियो बनोस् भन्ने शुभकामना दिएका हुन् ।
त्यसैगरी उनले मधेसका माग पूरा गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । मधेस तथा थरूहट आन्दोलनका क्रममा २९२ जनामाथि लगाइएका मुद्दामध्ये तत्कालीन प्रधानमन्त्री ओलीको सद्भावनाले गर्दा १३९ जना रिहा भएको पनि उनले चर्चा गरे ।
मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए ।




प्रतिक्रिया