लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मतिले चयन गरेको हो ।

त्यस्तै mसंसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।