काठमाण्डु – आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेशका पुराना नेता महन्थ ठाकुरलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
जसपा नेपालसँग एकता गरेका तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष समेत रहेका ठाकुर पुराना दलको गठबन्धनबाट राष्ट्रियसभा सदस्य उम्मेदवार बन्ने भएका हुन् ।
अध्यक्ष ठाकुरको उम्मेदवारीमा नेपाली कांग्रेसले सहमति जनाइसकेको छ भने नेकपा एमाले, नेकपा, जसपा र जनमत पार्टीको समर्थन जुट्ने जनाइएको छ ।
आसन्न राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले, नेकपा र जसपाबिच तालमेल गर्ने तयारी छ ।




प्रतिक्रिया