महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त

महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महान्यायाधिवक्तामा अधिवक्ता खम्म बहादुर खाती नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बाजुरा निवासी खाती लामो सयदेखि काठमाण्डुमा रहेर वकालत गर्दै आइरहेका छन् ।

सर्वोच्चको आदेश अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि तत्कालिन महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । सोही रिक्त रहेको पदमा प्रधानमन्त्री देउवाले खातीको नाम सिफारिस गरेका थिए ।